सिलगढी: मुख्यमन्त्रीले लोकसभा चुनावको प्रचारप्रसारलाई तीव्रता दिन लागेकी छिन्। मुख्यमन्त्रीले अर्को हप्ता उत्तर बंगालमा चुनाव प्रचार गर्नेछिन्। उनी ३ अप्रेमा सिलगढी आउनेछिन् र अप्रेल ४ देखि ८ सम्म उत्तर बंगालका तृणमूल उम्मेद्वारहरूको समर्थनमा सार्वजनिक सभाहरूलाई सम्बोधन गर्नेछिन्। राज्यमा पहिलो चरणको मतदान उत्तर बंगालका तीन जिल्ला जलपाईगढी, अलिपुरद्वार र कोचबिहारमा भइरहेको छ। ती तीन जिल्लामा १९ अप्रेलमा मतदान हुँदैछ। राज्यकी मुख्यमन्त्रीले ती ३ जिल्लामा जम्मा ६ जनसभा गर्नेछिन्। यही शृङ्खलामा मुख्यमन्त्रीले सिलगढी नजिकैको झाबराबिटामा जनसभा गर्ने कार्यक्रम पनि छ। यसका लागि तयारी शुरु भएको छ। आज आइतबार सिलगढीका मेयर गौतम देवले मुख्यमन्त्रीको कार्यक्रम स्थलको भ्रमण गरे। उनले आवश्यक तयारीको निरीक्षण गरी आवश्यक निर्देशन दिए।











