कोचबिहार: लोकसभा चुनाव २०२४को पहिलो चरण अप्रिल १९ मा कोचबिहारमा हुनेछ। दिग्गज नेता र मन्त्रीहरू अप्रिलको पहिलो हप्तामा चुनावी प्रचारका लागि कोचबिहार आउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ४ मा कोचबिहारमा बीजेपी उम्मेदवार निशिथ प्रामानिकको समर्थनमा प्रचार गर्ने छन्। यसका लागि जिल्ला भाजपाले तयारी सुरु गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले कोचबिहारको रास मेला मैदानमा चुनावी सभालाई सम्बोधन गर्ने छन्। आज, बीजेपीको पश्चिम बंगाल राज्य प्रभारी मंगल पाण्डे, कोचबिहार बीजेपी जिल्ला अध्यक्ष र विधायक सुकुमार राय, विधायक निखिल रञ्जन डे र अन्य भाजपा नेताहरूले काेचबिहार रास मेला मैदानको निरीक्षण गरे।