हात्तीको बथानले मदारीहाटका धेरै घरमा क्षति पुर्याए

Capture4-19.png

मदारीहाट: अलिपुरद्वार जिल्लाको मदारीहाटमा हात्तीको आक्रमणबाट पाँच घर र एउटा चिया दाेकानमा क्षति पुगेको छ। घटनापछि स्थानीयवासी त्रसित छन्। शनिबार राति अबेर राति जल्दापारा राष्ट्रिय निकुञ्जको जंगलबाट जंगली हात्तीको बथान निस्केर मदारीहाटको मेघनाथ साहनगरमा प्रवेश गरेको बताइएको छ। हात्तीको बथानले केही घण्टासम्म सो क्षेत्रमा हंगामा मच्चायो र पाँच घर ध्वस्त पारेको थियो। साथै एक स्थानीयको चिया दाेकानमा पनि क्षति पुगेको छ। हंगामा मच्चाएपछि हात्तीको बथान फेरि जंगलतिर लागे। यस क्षेत्रमा दिनहुँ हात्ती आउने गरेको स्थानीयले बताएका छन्। घटनापछि क्षेत्रका मानिसहरु त्रासमा छन्। पीडितले वन विभागसँग क्षतिपूर्तिको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement