एसजीएवाई अन्तर्गत नवनिर्मित २४ वटा घरको उद्घाटन

IMG_20220520_232047.jpg

गान्तोक। पश्चिम पाण्डम समष्टिमा सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नवनिर्मित २४ वटा घरको उद्घाटन गरिएको छ। ढुगाको बीएसी हलमा आयोजित एसजीएवाई घर उद्घाटन कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम विधानसभा अध्यक्ष एलबी दास मुख्य अतिथि थिए।

उद्घाटन कार्यक्रममा विधानसभा अध्यक्ष दासले सबै लाभार्थीहरूलाई बधाई दिए। उनले रहल घरहरूको निर्माण कार्य पनि चॉंडै पूरा गर्ने निर्देश सम्बन्धित विभागका अधिकारीहरूलाई दिए।

जानकारी अनुसार, ढुगा बीएसीमा अहिलेसम्म सर्वाधिक घरहरूको निर्माण कार्य पूरा गरिएको छ। पश्चिम पाण्डम समष्टिमा कूल १०० एसजीएवाई घर आवण्टित गरिएको थियो। यस मध्ये अहिलेसम्म ८७ घरको निर्माण कार्य पूरा गरेर लाभार्थीलाई सुम्पिएको छ भने १३ वटा घरको निर्माण कार्य जारी रहेको छ।

रिनाक समष्टि अन्तर्गत बुदाङ कमेरे जीपीयूमा १६ एसजीएवाई घर आवण्टित गरिएको छ भने ५ घरको निर्माण कार्य पूरा भइसकेको छ। रहल ११ घरको निर्माण कार्य पनि पूरा गरिएको छ। नाम्चेबुङ समष्टि अन्तर्गत सुमिन लिङ्गजे जीपीयूमा २५ घर आवण्टित गरिएको थियो भने १७ घरको निर्माण कार्य पूरा गरिएको छ। रहेको ८ घरको निर्माण कार्य पनि पूरा गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement