मियामी: भारतका अनुभवी टेनिस खेलाड़ी रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीले असाधारण प्रदर्शनको क्रम जारी राख्दै मियामी ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगलको खिताब जित्यो। सालमा दोस्रोपल्ट इतिहास रच्दै ४४ वर्षीय बोपन्ना र एबडेनको जोड़ी एटीपी मास्टर्स १००० ट्रफी जित्ने सबैभन्दा अधिक उमेरको जोड़ी बन्यो। यस जोड़ीले सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा पनि खिताब जितेको थियो। मियामी ओपनको फाइनलमा बोपन्ना-एबडेनको जोड़ीले क्रोएशियाका इवान डोडिग र अमेरिकाका अस्टिन क्राजिकेकको जोड़ीलाई ६-७ (३), ६-३, १०-६-ले पराजित गऱ्यो। म्याचको पहिलो सेट टाई ब्रेकरमा गुमाएपछि बोपन्ना-एबडेनको जोड़ीले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। यसको साथै बोपन्नाले आफ्नै रेकर्ड तोड़े अनि सबैअधि अधिक उमेरमा एटीपी खिताब जित्ने खेलाड़ी बने। यसअघि उनले गत वर्ष इण्डियन वेल्समा ४३ वर्षको उमेरमा खिताब जितेका थिए।
अष्ट्रेलियन ओपनमा हासिल भएको ऐतिहासिक जीतपछि बोपन्ना एटीपी युगल ऱ्याङकिंगको शीर्षमा पुगेका थिए। त्यसपछि चाहिँ दुबई च्याम्पियनशीप र इण्डियन वेल्समा निराशाजनक प्रदर्शनपछि यो जोड़ी झरेर दोस्रो स्थानमा पुगेको थियो। यसपाली मियामी ओपन जितेपछि सोमवार जारी गरिने एटीपीको नवीनतम ऱ्याङकिंगमा यो जोड़ी फेरि शीर्षमा पुग्नेछ। भारतका सबैभन्दा सफल टेनिस खेलाड़ीहरूमा सामेल बोपन्नाको नाममा धेरै उपलब्धिहरू रहेको छ। बोपन्नाको यो १४औं एटीपी मास्टर्स १००० फाइनल थियो जबकि उनी पहिलोपल्ट मियामी ओपनको खिताबी लड़ाइँमा पुगेका थिए। समग्रमा यो उनको ६३औं टूर स्तरको फाइनल थियो। मियामीमा उनले करियरको २६औं युगल खिताब जिते।