आईपीएल २०२४-को सबैभन्दा तेज बल गरे मयंक यादवले

IMG-20240331-WA0144.jpg

लखनऊ: लखनऊ सुपर जाइण्ट्सको तर्फबाट पेस बलर मयंक यादवको आइपीएल २०२४-मा पदार्पण यादगार रह्यो। पञ्जाब किंग्स विरुद्ध शनिवार राति खेलिएको म्याचमा यस युवा पेस बलरले ४ ओभरमा ३ विकेट हासिल गरे। यस असाधारण प्रदर्शनको निम्ति उनलाई प्लेयर अव् द म्याच पनि चयन गरियो। यी सबै उपलब्धिहरूका साथमा मयंकको आईपीएल पदार्पण अन्य एउटा खास कारणले पनि यादगार रह्यो। वास्तवमा उनले म्याचमा १५५.८ किलोमीटर प्रति घण्टाको गतिमा बलिंग गरेर सबैलाई चकित पारे। आईपीएलको जारी सीजनमा यो सबैभन्दा तेज बल हो। मयंकले विपक्षी टीमका कप्तान शिखर धवनलाई १५५.८ किमी प्रति घण्टाको गतिमा बल गरे। उनले म्याचमा जनी बेयरस्टो, प्रभसिमरन सिंह र जितेश शर्माको विकेट हासिल गरे। आईपीएल २०२४-मा यसअघि सबैभन्दा तेज बलको रेकर्ड नान्द्रे बर्गरको नाममा रहेको थियो, जसले १५३.० किमी प्रति घण्टाको गतिमा बलिंग गरेका थिए। यस सूचीमा जेराल्ड कोएत्जी (१५२.३ किमी प्रति घण्टा), अल्जारी जोसेफ (१५१.२ किमी प्रति घण्टा) र कगिसो रबाडा (१४७.२ किमी प्रति घण्टा) पनि रहेका छन्। यसरी आईपीएलको इतिहासमा सबैभन्दा तेज बलिंगको रेकर्ड चाहिँ अष्ट्रेलियाका शन टेटको नाममा रहेको छ, जसले १५७.७१ किमी प्रति घण्टाको गतिमा बलिंग गरेका थिए। भारतकै उमरान मलिकले पनि १५७ किमी प्रति घण्टाको गतिमा बलिंग गरेका थिए।

म्याचको कुरा गर्दा लखनऊ सुपर जाइण्टसले पञ्जाब किंग्सलाई २१ रनले पराजित गऱ्यो। एकाना क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो। क्विण्टन डी ककले ५ वटा चौका र २ वटा छक्काको साथ ३८ बलमा सर्वाधिक ५४ रन बनाए। यसबाहेक कप्तान निकोलस पूरनले २१ बलमा ४२ र क्रुणाल पाण्ड्याले २२ बलमा ४३ रनको योगदान दिए। पूरनले ३ वटा छक्का र ३ वटा चौका लगाए। पञ्जाबका बलरहरूमा सेम कुरेनले ३ र अर्शदीप सिंहले २ विकेट लिए। त्यसपछि २०० रनको लक्ष्यलाई खेदो गर्दै पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। कप्तान शिखर धवनले ७ वटा चौका र ३ वटा छक्काको साथ ५० बलमा सर्वाधिक ७० रन बनाए। यसबाहेक जनी बेयरस्टोले ४२ र लियम लिविंगस्टोनले अविजित २८ रनको योगदान दिए। लखनऊका बलरहरूमा मयंकले ३ र मोहसिन खानले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *