बाबर आजम फेरि पाकिस्तानका कप्तान नियुक्त

IMG-20240331-WA0135.jpg

नयाँ दिल्ली: पाकिस्तान क्रिकेटमा केही पनि असम्भव छैन। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले निरन्तर कप्तान बद्लिने परम्परालाई जारी राख्दै यसपाली बाबर आजमलाई फेरि एकपल्ट वनडे र टी२० टीमको कप्तान नियुक्त गऱ्यो। यसको साथै सीमित ओभरहरूका प्रारूपमा कप्तानको भूमिकामा शाहीन शाह अफरीदीको समय समाप्त भयो। गत वर्ष भारतमा भएको आईसीसी वनडे वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि बाबरले कप्तानी छोड़ेका थिए। त्यसपछि पीसीबी-ले हतारमा अफरीदीलाई वनडे र टी२० टीमको कप्तान नियुक्त गरेको थियो। यसपाली पीसीबी-ले मोहसिन नकवीको अध्यक्षतामा बाबरलाई फेरि टीमको कप्तानी सुम्पिने फसेला गऱ्यो। पीसीबी-ले सोशल मीडिया पोस्टमा लेखेको छ, बाबर आजमलाई सेतो बलको प्रारूपमा कप्तान नियुक्त गरिएको छ। पीसीबी-को चयन समितिको सर्वसम्मत सिफारिशपछि अध्यक्ष मोहसिन नकवीले बाबरलाई वनडे र टी२० टीमको कप्तान नियुक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement