ला लीगाः जसोतसो म्याच जित्न सफल भयो बार्सिलोना

photocollage_202433111442486.jpg

बार्सिलोना:  स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले जसोतसो जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनालाई दशजना खेलाड़ीमा सीमित लास पाल्मास विरुद्ध १-०-ले जीत हासिल गर्न पनि निक्कै गाह्रो पऱ्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले म्याचमा एकमात्र गोलको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। लास पालमासका गोलकीपर अल्वारो भालेसलाई २४औं मिनटमा रेड कार्ड देखाइए पनि होम टीमले मौकाको फाइदा उठाउन सकेन। पहिलो हाफको खेल गोलशून्य रहेपछि राफिन्हाले ५९औं मिनटमा गोल गरी बार्सिलोनालाई बढ़त दिलाए। होम टीमले त्यही बढ़तलाई अन्तसम्म कायम राखेर जीत दर्ता गऱ्यो। यस जीतपछि ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा रहने बार्सिलोनाको ३० वटा म्याचमा ६७ पोइण्ट्स पुग्यो। ला लीगाका अन्य म्याचहरूमा सेविलेले गेटाफेलाई १-० अनि ओसासुनाले अल्मेरियालाई ३-०-ले पराजित गऱ्यो। भेलेन्सिया र मालोर्काबीचको म्याच चाहिँ गोलरहित (०-०) ड्र-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement