प्रीमियर लीगः टोटनह्यामले जिते पनि चेल्सी र म्यानचेष्टर युनाइटेडको ड्र

photocollage_20243311143273.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीगमा गत म्याचको निराशाजनक प्रदर्शनलाई भुलेर टोटनह्याम हट्स्परले रोमाञ्चक जीत हासिल गऱ्यो जबकि म्यानेष्टर युनाइटेड र चेल्सी चाहिँ ड्र-मा अल्झियो। टोटनह्यामले शनिवार राति खेलिएको म्याचमा लुटोन टाउनलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि टोटनह्यामले म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। म्याचको पहिलो दुईवटा गोल लुटोन टाउनका खेलाड़ीहरूले छिराए। ताहित छोंगले लुटोन टाउनलाई तेस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि त्यही टीमका डिफेण्डर इस्सा काबोरेले ५१औं मिनटमा आत्मघाती गोल गर्दा टोटनह्यामले बराबरी हासिल गर्ने मौका पायो। अन्तमा अनुभवी कोरियाई फरवर्ड सोन ह्युंग-मिनले ८६औं मिनटमा गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि टोटनह्याम २९ वटा म्याचमा ५६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको पाँचौं स्थानमा कायम रह्यो।
यसरी चेल्सीलाई दशजना खेलाड़ीमा सीमित बर्नलेले २-२-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि चेल्सीले जीत हासिल गर्न सकेन। टीमका डिफेण्डर लोरेञ्ज एसिग्नोनले ४०औं मिनटमै रेड कार्ड देखे पनि बर्नलेले होम टीमलाई बाँधेर राख्यो। चेल्सीबाट म्याचको दुवै गोल कोल पाल्मरले छिराए। उनले ४४औं (पेनल्टी) र ७८औं मिनटमा गोल गरे। यसरी बर्नलेबाट जोस कुलेनले ४७औं र डारा ओशिआले ८१औं मिनटमा गोल गरे। चेल्सी अहिले २८ वटा म्याचमा ४० पोइण्ट्सको साथ ११औं स्थानमा रहेको छ। यसरी १९औं स्थानमा रहने बर्नलेसँग ३० वटा म्याचमा १८ पोइण्ट्स रहेको छ। यसबाहेक म्यानचेष्टर युनाइटेड र ब्रेण्टफोर्डबीच खेलिएको रोमाञ्चक म्याच पनि १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा खेलिरहेको ब्रेण्टफोर्डले शुरुदेखि नै युनाइटेडमाथि दबाउ सृष्टि गऱ्यो तर म्याचको दुवै गोल अन्तिम क्षणमा दर्ता गरियो। मेसन माउण्टले इञ्ज्युरी टाइमको छैटौं मिनटमा युनाइटेडलाई बढ़त दिलाए तर लगत्तै ३ मिनटपछि क्रिस्टोफेर अजेरले गोल गरी ब्रेण्टफोर्डलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि युनाइटेडको टीम २९ वटा म्याचमा ४८ पोइण्ट्सको साथ छैटौं स्थानमा कायम रह्यो जबकि १५औं स्थानमा रहने ब्रेण्टफोर्डसँग ३० वटा म्याचमा २७ पोइण्ट्स रहेको छ। प्रीमिर लीगका अन्य म्याचहरूमा एस्टन भिल्लाले वूल्भ्सलाई २-०-ले, बोर्नमाउथले एभर्टनलाई २-१-ले अनि न्यूक्यासलले वेष्ट ह्यामलाई ४-३-ले पराजित गऱ्यो। एस्टन भिल्ला अहिले ३० वटा म्याचमा ५९ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement