सिलगढी: दार्जीलिङ संसदीय क्षेत्रबाट भाजपाका उम्मेदवार बनेका राजु बिष्टले विष्णुप्रसाद शर्माविरुद्ध मुख खोलेका छन्। लामो समयदेखि उनले भाजपाका विधायक विष्णुप्रसाद शर्मा विरुद्ध मुख नखोलेको तर शनिबार विष्णुप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउने खबर पाएपछि राजु विष्टले उनको आलोचना गरेका थिए। राजु बिष्टले भने, ‘विष्णुप्रसाद शर्मा सांसद बन्न चाहन्थे भने विधायक पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएको भए राम्रो हुन्थ्यो, पार्टीभन्दा ठूलो कोही हुँदैनl’ उनी शनिबार दिल्लीबाट हवाई मार्गबाट बागडोग्रा विमानस्थल पुगेका थिए। सोही क्रममा उनले पत्रकारको अगाडि भाजपा विधायकको आलोचना गरे। गोर्खाल्याण्डको स्थायी समाधानको आश्वासन पनि दिए।