नयाँ दिल्ली: अमेरिका र वेष्ट इण्डिजमा हुने आउँदो टी२० वर्ल्ड कपको निम्ति भारतको १५ सदस्यीय टीमको चयन अप्रेलको अन्तिम हप्तासम्म गरिने सम्भावना छ कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-लाई टीम सुम्पिने अन्तिम तारिख १ मई हो। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-को एउटा सूत्रले शनिवार यस्तो जानकारी दियो। टी२० वर्ल्ड कपको निम्ति आईसीसी-लाई १ मईसम्म १५ सदस्यीय टीमको सूची सम्पिनु अनिवार्य भए पनि प्रत्येक टीमले २५ मईसम्म आफ्नो शुरुवाती टीममा खेलाड़ीहरू फेरबदल गर्न सक्ने प्रावधान रहेको छ। बीसीसीआई-का एकजना शीर्ष अधिकारीले भने, भारतीय टीमको चयन अप्रेलको अन्तिम हप्तासम्म गरिनेछ कारण त्यस समयसम्म इण्डियन प्रीमियर लीग (आईपीएल)-को पहिलो हिस्सा समाप्त हुनेछ। यसैकारण राष्ट्रिय चयन समिति दावेदारहरूका फर्म र फिटनेसको आधारमा टीमको चयन गर्ने स्थितिमा हुनेछन्। क्रिकेटरहरूका पहिलो ग्रुपले आईपीएल समाप्त भएको लगत्तै पछि १९ मईमा न्यूयोर्क प्रस्थान गर्नेछ। उल्लेखनीय छ, आईसीसी टी२० वर्ल्ड कप १ जूनदेखि शुरु हुनेछ।