एनएफआरले सिलचर-कोलकाता विशेष रेल सेवा विस्तार गर्दै

Train-1

हाफलाङ: यात्रुको अतिरिक्त भीड कम गर्न सन् २०२४ को जुन महिनासम्म जम्मा ७८ वटा यात्राका लागि तीन जोडी विशेष रेलको सेवालाई निरन्तरता दिने निर्णय गरिएको छ। यी रेल सेवाहरू अवस्थित दिन, समय र बिसौनीहरूमा चल्नेछन्। रेल नम्बर ०५६३९ (सिलचर – कोलकाता) स्पेशल अब अप्रेल ०४ देखि जुन २७, २०२४ सम्म हरेक बिहीबार १३ वटा यात्राका लागि चल्नेछ। बदलीमा, रेल नम्बर ०५६४० (कोलकाता – सिल्चर) स्पेशल अब अप्रेल ०५ देखि जुन २८, २०२४ सम्म हरेक शुक्रबार १३ वटा यात्राका लागि चल्नेछ। ट्रेन नम्बर ०२५०२ (अगरतला – कोलकाता) स्पेशल अब अप्रेल  ३ देखि जुन २६, २०२४ सम्म हरेक बुधबार १३ वटा यात्राका लागि चल्नेछ। बदलीमा, रेल नम्बर ०२५०१ (कोलकाता – अगरतला) स्पेशल अब अप्रेल ७ देखि जुन ३०, २०२४ सम्म हरेक आइतबार १३ वटा यात्राका लागि चल्नेछ। रेल नम्बर ०२५१८ (गुवाहाटी – कोलकाता) स्पेशल अब अप्रेल ०६ देखि जुन २९, २०२४ सम्म हरेक शनिबार १३ वटा यात्राका लागि चल्नेछ। बदलीमा, रेल नम्बर ०२५१७ (कोलकाता – गुवाहाटी) स्पेशल अब अप्रेल ०४ देखि जुन २७, २०२४ सम्म हरेक बिहीबार १३ वटा यात्राका लागि चल्नेछ। यी ट्रेनहरूको स्टप र समय तालिकाको विवरण आईआरसीटीसी वेबसाइटमा उपलब्ध छ र यात्रुहरूलाई उनीहरूको यात्रा शुरु गर्नु अघि यी विवरणहरूमा ध्यान दिन अनुरोध गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement