तुमिन लिङ्गीका १५६ परिवार एसकेएम-मा सामेल

IMG-20240330-WA0339.jpg

गान्तोक: गान्तोक जिल्लाअन्तर्गत तुमिन लिङ्गी समष्टिका १५६ परिवार सिक्किम डेमोक्रेटिकर फ्रण्ट पार्टी त्यागेर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भए। पार्टी अध्यक्ष तथा निवर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ र आगामी विधानसभा चुनाउमा क्षेत्रबाट पार्टीका उम्मेद्वार सामडुप छिरिङ भोटियाको उपस्थितिमा अदमपुलमा एउटा कार्यक्रमबीच उनीहरूले एसकेएम पार्टीको सदस्यता ग्रहण गरे।

आज एसकेएम पार्टीमा सामेल हुनेहरूमा अधिकतर पहिले एसडीएफ पार्टीको टिकटमा विधायक बनेका अनि पछि भारतीय जनता पार्टीमा सामेल भएका निवर्तमान विधायक उगेन टी ग्याछोका समर्थकहरू रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement