नाम्ची जिल्लाको पर्यवेक्षकले गरे दुईवटा मतदान केन्द्रहरूको नीरिक्षण भ्रमण

IMG-20240330-WA0336.jpg

नाम्ची: नाम्ची जिल्लाका पर्यवेक्षक अमरनाथ उपाध्ययले आज तिमी नाम्फिङ अन्तर्गत दुईवटा मतदान केन्द्रहरूको नीरिक्षण भ्रमण गरे। पर्यवेक्षक उपाध्ययको साथमा एआरो सोनाम पाल्देन भोटिया, सेक्टर मेजिस्ट्रेट वाङ्गले लेप्चा अनि अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। यो टोलीले उक्त मतदान केन्द्रहरूमा पुगेर त्यहाँको व्यवस्थाबारे जायजा लिए। पर्यवेक्षक उपाध्ययले मतदान सम्बन्धमा स्थानीहरूसँग विभिन्न विषयमा चर्चा गर्दै जानकारी लिए। पारादर्शी साथै. सुचारु रुपमा रुपमा मतदान गर्नको निम्ति नोडल अधिकारीसँग समन्वय राख्ने पनि स्थानीयहरूलाई आग्रह गरे। यसको साथै मतदानको समयमा नाम्ची जिल्लाको दुर्गम क्षेत्रहरूमा मतदाताहरूलाई सम्पूर्ण प्रकारको बुनियादी सुविधाहरू उपलब्ध गराउनको निम्ति चुनाउमा खटिएका अधिकारीहरूले ध्यान दिने पनि उनले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement