गुवाहाटी(असम): असमको होजाईमा ३२ लाख रुपियाँको सम्भावित लागूऔषध चरेससहित दुई संदिग्ध लागूऔषध तस्करलाई पक्राउ गरिएको छ। स्रोतका अनुसार मुराझार थानाबाट आएको टोलीले उक्त लागुऔषधसहित शंकास्पदलाई पक्राउ गरेको हो। पुलिसले होजईको मुराझारस्थित पब समराली गाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुसँग ठूलो परिमाणमा शंकास्पद याबा ट्याब्लेट रहेको ब्यक्तिको विशेष जानकारी रहेको स्रोतले जनाएको छ। पुलिसले छापा मार्दा विभिन्न साना प्याकेटमा रहेका करिब ६ हजार ४ सय याबा ट्याब्लेट बरामद भएको छ। थप अनुसन्धानमा ती चक्की तस्करीका लागि बनाइएको र यसको मूल्य ३२ लाख (अनुमानित) रहेको पाइएको छ।शंकास्पद लागुऔषध फेला परेपछि पुलिसले फैजुद्दीन र महबुब आलमलाई पक्राउ गरेको थियो। लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनीहरुले लागुऔषध नागाल्याण्डको दिमापुरबाट असममा बेच्न ल्याएको समेत खुलेको छ।कार्बाहीका क्रममा एक मोटरसाइकल समेत बरामद गरिएको छ। पुलिसले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।










