भाजपाले यसपाली पनि दार्जीलिङको मूलवासी भूमिपुत्रलाई प्रार्थी नबनाएकोले भाजपाले मूलवासीहरूलाई बेवास्ता गरेको छ: सन्तकिशोर गुरुङ

IMG-20240330-WA0307.jpg

खरसाङ: मैले बीजेपीलाई बिना कुनै शर्त १५ वर्ष लगातार जिताउन मद्दत गरे। तर यस पटक कृपया मलाई माफ गर्नुहोस् किनभने दार्जिलिङका १५ लाख भूमिपुत्र गोर्खा जनताबाट १५ वर्षसम्म भाजपाले एउटै नेता पनि तयार गर्न सकेन, यो दार्जिलिङका लागि निकै दुर्भाग्य हो भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको पूर्व महासचिव एंव खरसाङको युवा सन्तकिशोर गुरुङले बताएका छन्। उनले यसपाली पनि भारतीय जनता पार्टीले दार्जिलिङ संसदीय सिटको लागि कुनै भूमिपुत्र प्रार्थी नदिएर बाहिरबाट मगाएको प्रार्थी नै दिएको भन्दै आफ्नो विचार प्रकट गरेका छन्। उनले भने, ‘भारतीय जनता पार्टीले दार्जिलिङको गोर्खा जातिलाई बेकार ठान्छ वा भारतीय जनता पार्टीले दार्जिलिङका गोर्खाहरूलाई बेवास्ता गरिरहेको छ जसले गर्दा दार्जिलिङ पहाड़का जनता अपमानित महसुस गरिरहेका छन् भनी बताएका छन्। सन्तकिशोर गुरुङले यसपालीको लोकसभा चुनावमा भूमिपुत्र गोर्खा प्रार्थी नपाएकोमा रूष्ट भएर भने, दार्जिलिङ पहाड़मा भारतीय जनता पार्टीलाई सबैभन्दा कठिन समय २०१७ देखि २०१९ सम्म म मेरो टिमले पहाड़मा नै खुलेर भारतीय जनता पार्टीको झण्डालाई फहराएको हो जतिबेला पहाड़मा भाजपाको नाम मात्र लिनु दिनु मानिसहरू हिच्किचाउँदथ्यो। यस कुराको प्रमाण सांसद एसएस आहलुवालिया, बंगालको प्रदेश अध्यक्ष दिलिप घोष, प्रदेश राजनैतिक प्रभारी बिजय बर्गीय आदिले पनि दिनसक्छन्। त्यसको साथै २०१९ मा सांसद राजु विष्टलाई जिताउन पनि भूमिका निर्वाह गरेको थिए तर म नेताहरूसितको चाटुकारीमा पर्दिन कारण म प्रधानमन्त्री नरेन्द्र मोदीको साँचो भक्त हुँ।’
सन्तकिशोर गुरुङले अघि भने, यदि यसरी सदैव बाहिरबाट आएकाहरूलाई मात्रै चुपचाप केही नभनी स्वीकार गर्ने हो भने अबक केही समयपछि विधान सभा चुनावमा पनि गोर्खा पुत्र भन्दै भांग्सु, आसाम, सिक्किम र अन्य राज्यबाट मगाउन सक्छन्।”
गुरुङले अझ भने, यसपाली म दार्जीलिङका मूलवासीको विविध पहिचान बनाउन आफ्नो पक्षमा उँभिएको छु। आफ्नो मूलवासीको पक्षमा उँभिनु सबै मूलवासीको धर्म हो।’
सन्तकिशोर गुरुङले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यसपाली पनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बहुमतले सरकार गठन हुनेछ र जीतको लागि म पहाड़को देवी देवतासित प्रार्थना गर्नेछु भनी बताएका थिए। सन्तकिशोर गुरुङले यसपाली आफु प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा होइन तर आफ्नो दार्जीलिङको मूलवासीको पक्षमा उँभिएको हो र म कहिले पनि प्रधानमन्त्रीको विपक्षमा उँभिएको होइन भनी बताएका छन् । गुरुङले प्रधानमन्त्रीले आफ्नो पत्रको प्रतिउत्तर आउने विश्वास गरेका छन्। तर यदि प्रतिउत्तर नआएको खण्डमा एकजना गोर्खा भारतीय जनता पार्टीको सदस्यतामा कुनै मूल्य छैन भनी बुझ्नेछु भनी बताएका छन्। उल्लेख्य छ खरसाङको सन्तकिशोर गुरुङ २०१५ देखि २०२० सम्म भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको महासचिव पदमा रहेर कार्य गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement