करिब डेढ महिनापछि लुटपाट गर्ने गिरोहका एक सदस्य पक्राउ

Untitled-20.jpg

सिलगढी: सिलगढी महानगरीय पुलिस अन्तर्गत पानीटाङ्की थानाका पलिसले लुटपाट गर्ने गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ। आरोपीको नाम बासुकीनाथ साह (२२) हो। उनी डाबग्राम क्षेत्रका बासिन्दा रहेको बताइएको छ। जानकारी अनुसार करिब डेढ महिनाअघि एक व्यक्ति विवाह समारोहबाट भिडियोग्राफीको काम सकेर घर फर्किरहेका थिए। यही अवसरको फाइदा उठाउँदै आरोपी बासुकीनाथले आफ्ना एक सहयोगीको सहयोगमा पाकुर्तल्ला मोडमा भिडियोग्राफरको मोटरसाइकललाई पछ्याएर भिडियोग्राफरलाई धकेलेपछि दुवै बदमाशले भिडियो क्यामेरा खोस्न थाले तर तिनीहरु सफल भने हुन सकेनन्।यस विषयमा पानीटैकी पोष्टमा लिखित उजुरी परेको थियो। उजुरीका आधारमा पुलिसले सीसीटीभी फुटेज र गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा अनुसन्धानमा जुटेको थियो। तर त्यतिन्जेल दुवै लुटेरा शहरबाट भागिसकेका थिए।घटनाको करीब डेढ महिनापछि पुलिसले एक अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ। हाल पुलिसले थप अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement