टिस्टा क्यानलबाट अपरिचित व्यक्तिको मृतदेह उद्धार

1000579021.jpg

फाँसीदेवा: टिस्टा क्यानलबाट एक अज्ञात व्यक्तिको लाश उद्धार भएको छ। आज फाँसीदेवा थाना अन्तर्गत मोहम्मद बक्स इलाकामा क्यानलबाट सो व्यक्तिको लाश उद्धार गरिएको छ। स्थानीय सूत्र अनुसार आज स्थानीय मानिसहरूले टिस्टा क्यानलमा एकजना व्यक्तिको लाश देखे। यसपछि फाँसीदेवा थानाको पुलिसलाई सूचना दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर लाशलाई उद्धार गऱ्यो। यसपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइदिएको छ। फाँसीदेवा थाना पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *