भाजपाले कोचबिहारमा चुनाव प्रचारका लागि विशेष रणनीति

Screenshot_20240330_181114_WhatsApp.jpg

कोचबिहार: २०२४ लोकसभा चुनावको पहिलो चरणमा भाजपाको संगठनात्मक शक्तिलाई अझ बलियो बनाउन, कोचबिहारमा एक विशेष संगठनात्मक बैठक आयोजित गरिएको थियो। आज भाजपाको कोचबिहार जिल्ला लोकसभा निर्वाचन समितिको बैठकमा पश्चिम बंगाल राज्य प्रवारी मंगल पाण्डे, प्रदेश संगठन महासचिव अमिताभ चक्रवर्ती, महासचिव दीपक बर्मन, जिल्ला अध्यक्ष सुकुमार राय र अन्य नेताहरू उपस्थित थिए। सन् २०२४ को लोकसभा चुनावमा पार्टी कसरी आम जनताको नजिक पुग्ने भन्ने विषयमा विस्तृत छलफल भएको बताइन्छ। विशेष वक्ताका रुपमा मंगल पाण्डे जीले चुनाव मैदानमा लडेपनि आन्तरिक बैठकबाट रणनीति बन्ने बताउनुभयो। बीजेपी स्रोतका अनुसार केन्द्रीय नेतृत्वले विशेष साना सभा, आम जनतासँग घरदैलो बैठक र महिलालाई अग्रपङ्क्तिमा राखेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ। यस दिन कोचबिहार जिल्लाका प्रत्येक मण्डल अध्यक्ष, ब्लक र जिल्ला स्तरका नेताहरू उपस्थित थिए। यो भेट करिब तीन घण्टा चलेको थियो। यस बैठकबाट पार्टीले आम जनतासँग अझ बलियो संवाद गर्न सक्ने भाजपा सर्कलको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement