सिलगढीमा चार संदिग्ध डाँका पक्राउ

सिलगढी: सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थानाको पुलिसले सिलगढीमा लुटपाटको योजनालाई विफल पारेको छ। चार संदिग्ध डाँकाहरूलाई पक्राउ गरेको छ। शुक्रबार राति गस्तीको क्रममा पुलिसले चारजना लुटेरालाई पक्राउ गरेको हो। नयाँ जलपाईगुडी थानाको पुलिस सूत्रका अनुसार, नयाँ जलपाईगुडी थानाको पुलिस शुक्रबार राति सादा लुगामा गस्ती गरिरहेको बेला पयलिसले अँध्यारो मैदानमा चारजना बदमाशलाई देखे। गोकामोड क्षेत्रमा पुलिस गस्ती गरिरहेको बेला एक्कासी पुलिस उक्त मैदानमा पुगेपछि पुलिसको जीप देखेर लुटेराहरुले भाग्ने प्रयास गरेपनि पुलिसले उनीहरुलाई समाते। पुलिसले कारबाहीमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुबल रोय, अपन दास, सन्तोष दास र छोटनु राय रहेका छन्। अभियुक्तको साथबाट रड, सबल, भोजाली, छुरी र लुटपाटका विभिन्न औजार बरामद भएको छ। उनीहरु सिलगढी शहरमा लुटपाटको योजना बनाउन भेला भएको पुलिसको आशंका छ। नयाँ जलपाईगुडी पुलिस स्टेशनका अनुसार पक्राउ परेका सबै कुख्यात अपराधी हुन्। न्यू जलपाईगुडी पुलिस स्टेशनले आरोपीलाई शनिबार जलपाईगुडी अदालतमा पेश गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *