कोलकाता: तृणमूलको टिकटमा जादवपुरबाट चुनाव लडेकी बंगाली अभिनेत्री सयोनी घोष चुनावी प्रचार गर्न सोनापुर पुग्दा मतदाताको विरोधको सामना गर्नुपरेको छ। उनीसमक्ष महिला मतदाताले आफ्ना समस्या राखेका थिए। खानेपानीको व्यवस्था नभएको, सडकको अवस्था राम्रो नभएको, ढल निकासको व्यवस्था नभएको, नाला थुनिएको र काम नभएको, नगरपालिकालाई पटक–पटक जानकारी दिँदा पनि केही नगरेको, अब भोट माग्न आएको उनले बताए। चुनावमा कुनै पनि दललाई भोट दिँदैनौँ। सोनारपुर–राजपुर नगरपालिकाको वार्ड नं ३४ का महिलाहरुले सयोनी घोषको चुनावी प्रचारका क्रममा उभिएर विरोध जनाएका छन्। महिलाहरुको विरोध सुनेपछि सयोनी घोष घोषले खानेपानी आयोजना सम्पन्न भई खानेपानी पनि उपलब्ध गराइने बताइन्। सडक निर्माण भैरहेको छ, नालाहरु पनि सरसफाई गरिने छ।