नचाहिँदो शतक पूरा गरे मिचेल स्टार्कले

IMG-20240330-WA0143.jpg

बेंगलुरु: आईपीएलको लिलामीमा रेकर्ड २४.७५ करोड़ रुपियाँमा बिक्ने अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्कले आईपीएलको जारी सीजनमा खराब फर्मबाट मुक्ति पाउन सकेका छैनन्। शुक्रवार एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध खेल्दै कलकत्ता नाइट राइडर्स (केकेआर)-को तर्फबाट स्टार्कले ४७ रन खर्च गरे अनि उनले कुनै विकेट पनि हासिल गर्न सकेनन्। यसअघि सनराइजर्स हैदराबाद विरुद्ध म्याचमा पनि उनले ५३ रन खर्च गरेका थिए अनि त्यस म्याचमा पनि उनको झोली खाली रहेको थियो। यसरी उनले अहिलेसम्म दुईवटा म्याच खेलेर कुनै विकेट हासिल गर्न सकेका छैनन् जबकि आफ्नो ८ ओभरमा १०० रन खर्च गरिसकेका छन्। स्टार्कको यस्तो दयनीय प्रदर्शनले केकेआर प्रबन्धनको चिन्ता बढ़ेको छ। शुक्रवार खेलिएको म्याचमा स्टार्क र विराट कोहलीबीच भिड़न्तमा सबैको नजर रहेको थियो। कोहलीले उनको पहिलो बलमै चौका लगाए। पूरा म्याचमा स्टार्कले कोहली समक्ष कुनै चुनौती पेश गर्न सकेनन्। स्टार्कले आईपीएलमा अहिलेसम्म २९ वटा म्याच खेलेका छन्। यसमा उनले ७.६२-को इकोनमी रेटले ३४ विकेट हासिल गरेका छन्। राष्ट्रिय टीमलाई महत्त्व दिएर स्टार्क लामो समयसम्म आईपीएलबाट बाहिर रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement