टी२० प्रारूपमा ५०० वटा म्याच पूरा गरे सुनिल नारेनले

IMG-20240330-WA0138.jpg

बेंगलुरु: सुनिल नारेनले एकपल्ट फेरि रेकर्डबुकमा आफ्नो नाम दर्ता गरेका छन्। एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध खेलिएको आईपीएल २०२४-को म्याच उनको टी२० करियरको ५००औं म्याच थियो। यसको साथै उनी कायरन पोलार्ड (६६०), ड्वेन ब्राभो (५७३) र शोएब मलिक (५४२) पछि ५०० वटा टी२० म्याच खेल्ने चौथो क्रिकेटर बने। यसबाहेक यस विशेष उपलब्धिसम्म पुग्ने उनी पहिलो स्पिनर हुन्। दाहिने हातका दिग्गज स्पिनर हुनको साथै ब्याटको साथ उपयोगी योगदान दिँदै आएका नारेनले जनवरी २०११-मा आफ्नो टी२० यात्राको शुरुवात गरेका थिए। उनले ५०० वटा टी२० म्याचमा ५३६ विकेट हासिल गरेका छन्। नारेनको नाममा पुरुषहरूका टी२० क्रिकेटमा सर्वाधिक ३० वटा मेडन ओभर फ्याँक्ने रेकर्ड पनि रहेको छ। उनले आईपीएलको साथमा बीपीएल, सीपीएल, पीएसएल र बीबीएल सहित विश्वभरि प्रमुख टी२० लीगहरूमा खेल्छन्। शुक्रवार आरसीबी विरुद्ध पनि नारेनले प्लेयर अव् द म्याचको पुरस्कार जिते। नारेनले रेकर्ड बनाएपछि भने, यो असल माईलखुट्टी हो अनि अझ ५०० वटा म्याच खेल्ने लक्ष्य रहेको छ। यो आत्मविश्वास अनि प्रोत्साहन दिने सहयोगी स्टाफहरूले गर्दा सम्भव भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement