सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका अखिल भारतीय तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज आफ्ना समर्थकहरूसँग सिलगढीको वार्ड नम्बर ४७ मा प्रचारप्रसार गरेका छन्। गोपाल लामाले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन्। तृणमूलले आफ्नो नाम घोषणा गरेदेखि नै उनी दार्जिलिङ पहाड र तराईमा चुनावी प्रचारमा सक्रिय छन्। आफ्नो जित निश्चित रहेको उनको दाबी छ।










