मोबाइल पसलमा चोरी

6817bcba-ca3d-41c0-af82-58096fcda85b

कालचिनी: जयगाउँ झरना बस्तीको एउटा मोबाइल पसलमा मङ्गलबार राती चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार जयगाउँ झरना बस्ती संलग्न गुम्बा रोड क्षेत्रमा रहेको सन्दिप दे सरकारको मोबाइल रिपेयरिङ दोकानको भ्यान्टिलेटर भत्काएर चोरहरुले २५ हजार रुपियाँ नगदसहित प्रायः १ लाख रुपियाँ बराबर मूल्यको मोबाइलहरु चोरेर भागेको आज बिहान खोल्न जाँदा मात्र थाहा भएको थियो। घटना सम्बन्धमा दोकाने सन्दिप दे सरकारले जयगाउँ थानामा प्राथमिकी दर्ता गरेको छ भने पुलिसले यसको जाँच शुरु गरेको बताएका छन्। यता चोरी घटनाले गर्दा जयगाउँका व्यावसायी माहौलमा त्रास उत्पन्न भएको छ भने चोरहरुको रगरगी फेरि जयगाउँमा वृद्धि भएको स्थानीय बासिन्दाहरुले जनाएका छन्।

About Author

Advertisement