खोरीबारी: खोरीबारीको डुमुरिया क्षेत्रमा ढुंगाले भरिएको लरी दुर्घटनामा परेको छ। खोरिबारी-घोषपुकुर राज्य सडकमा सिलगढीबाट बिहार जाने क्रममा विपरित दिशाबाट आउँदै गरेको गाडीले ढुङ्गाले बोकेको लरी नियन्त्रण गुमाएर सडकको छेउमा पल्टिएको बताइएको छ। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन। खोरीबारी पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।










