कोचबिहार: अबेर राति तुफानगञ्जको रानीरहट बजारमा तीनवटा पसल जलेर नष्ट भएको छ। बिहीबार राति करिब २ बजे आगलागी भएको बताइएको छ। खबर पाएलगत्तै तुफानगञ्ज थाना र दमकलको दुईवटा गाडी घटनास्थलमा पुगेका थिए।

दमकलको केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।घटनामा कूल ५० लाखको क्षति भएको बताइएको छ।









