खोरिबारीका दुई फरक स्थानमा एसएसबीको छापा, ब्राउन सुगरसहित तीन पक्राउ

photocollage_20243301571741.jpg

खोरीबारी: एसएसबीले एकै रात दुई फरक स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। आरोपितको नाम सुरै हंस्दा (३३), भैया मुर्मु (२२) र जितेश शेर्पा (२८) रहेको छ। जितेश शेपा नेपालका हुन् भने अन्य दुई जना खोरीबारीका हुन्।
गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा बिहीबार राति एसएसबीको ४१औँ गणका जवानले नेपाल–भारत सीमास्थित खयरमानी जोतस्थित खरीबारीमा छापा मारेर दुईजना शंकास्पद युवालाई नियन्त्रणमा लिएको बताइएको छ। त्यसपछि उनीहरुको साथबाट २०० ग्राम ब्राउन सुगर बरामद भएको थियो । पछि दुवै पक्राउ परेका थिए।एसएसबीले खोरीबारीको दूधगेट क्षेत्रबाट ९६ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै युवालाई एसएसबीले खोरिबारी थानामा बुझाएको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement