सिलगढीमा दिउँसो स्कुलबाट फर्किएकी छात्रासँग दुव्र्यवहार, आरोपी पक्राऊ

Untitled-19.jpg

सिलगढी: सिलगढी शहर नाबालिगहरूमाथि बलात्कार प्रयास र छात्राहरूको दुव्र्यवहारका घटनाहरूका कारण चर्चामा रहन्छ। सिलगढीमा फेरि दिउँसो स्कुलबाट फर्किदै गरेको एक छात्रामाथि दुव्र्यवहारको घटना घटेको छ। जसका कारण पुलिसमाथि प्रश्न उठेको छ। यो घटना बिहीबार दिउँसो गंगानगर पार्क नजिक भएको बताइएको छ।स्कुटरमा सवार एक व्यक्तिले छात्राको हात समातेर जबरजस्ती तान्ने प्रयास गरेको आरोप छ। तर ती छात्राले कसैको हातबाट जोगिएर घर पुगिन् र आफ्नो पिडा परिवारका सदस्यहरुलाई सुनाइन्। त्यसपछि विद्यार्थीका परिवारका तर्फबाट आरोपीविरुद्ध खालपाडा थानामा लिखित उजुरी परेको थियो। उजुरीका आधारमा मुद्दाको अनुसन्धान गर्दै पुलिसले आरोपीलाई गएराति सिलगढी नगरपालिकाको वडा नम्बर ६ अन्तर्गतको इलाकाबाट पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तको नाम मोहम्मद इब्राहिम हो। आज पुलिसले आरोपी विरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरी सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement