मल्ली क्षेत्रको एसकेएम पार्टीस्तरीय चुनावी समन्वय सभा सम्पन्न

n5957937041711737306462e5d4e47fe7bd35b32e77ac8bb09a9e73bd3101d234fc5c7f33d103766b2f7a28.jpg

नाम्ची: एसकेएम पार्टीको मल्ली निर्वाचन क्षेत्रका उम्मेदवार एनबी प्रधानको निवासमा आज मल्ली क्षेत्रको एसकेएम पार्टीस्तरीय चुनावी समन्वय सभा सम्पन्न भयो, जसमा पार्टीका क्षेत्रस्तरीय भातृ संगठनहरुका कार्यकर्ताहरू उपस्थित थिए।

समन्वय सभामा पार्टीका भावी कार्यक्रमहरूमाथि छलफल गरिएको बताइएको छ।

यस सभामा विभिन्न विपक्षी राजनीतिक पार्टी परित्याग गरेर एसकेएममा पार्टी सामेल भए भने सबैलाई एसकेएम उम्मेदवार एनबी प्रधानले खादा लगाइदिएर स्वागत जनाए। सामेल हुनेहरूमा एसडीएफ पार्टीको मल्ली डॉंडा जीपीयूका पूर्व पञ्चायत सभापति कुसुम ढकाल र भाजपाकी नाम्ची जिल्ला नेतृ किताम निवासी पेमा तामाङ पमुख रहेका छन्।

आफ्नो सम्बोधनको क्रममा एनबी प्रधानले मल्ली क्षेत्रलाई सिक्किमको एक विकासित क्षेत्रमा रुपान्तरण गर्ने र एक मोडल क्षेत्र बनाउने प्रतिज्ञा गरे। उनले सम्पूर्ण पार्टी कर्याकर्ता र समर्थकहरुको पक्षमा आफु सदैव खडा रहने पनि वचन दिए।

सभामा पार्टीका उपाध्यक्ष तिलक बस्नेत, नाम्ची जिल्ला पञ्चायत अध्यक्ष अन्जिता राजालिम, सीएलसी अध्यक्ष दिल कुमारी छेत्री, युवा समन्वक सुरेन तामाङले पनि सम्बोधन गरेका थिए। यस सभाको अध्यक्षता भूतपूर्व पञ्चायत अध्यक्ष डीएन प्रधानले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement