कृष्णकुमारी राईले आज समष्टिका विभिन्नस्तरका कार्यकर्ता र पञ्चायतहरूसँग भेटघाट गरिन्

n5957937021711737161712d1f226b58e128aa1056b44640204d4173c4cc1cef330c54a3ec417a76a5aed67.jpg

नाम्ची: एसकेएम पार्टीको नाम्ची-सिङ्गिथाङ निर्वाचन क्षेत्रकी उम्मेदवार कृष्णकुमारी राईले आज समष्टिका विभिन्नस्तरका कार्यकर्ता र पञ्चायतहरूसँग भेटघाट गरिन्। भेटघाट कार्यक्रमलाई सम्बोधित गर्दै उनले एसकेएम पार्टीले बहुमतमा जित हासिल गर्ने दाबी गरिन्।

उनले कार्यक्रममा उपस्थित समर्थकहरूको भीडतिर इशारा गर्दै यो भीडले यस क्षेत्रबाट एसकेएमको जित सुनिश्चित गरिसकेको बताइन्।

जनताको साथ पाएर एसकेएम पार्टी बलियो भएको उल्लेख गर्दै उनले पार्टीको काममा लागिपर्न पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिन्। उनले विपक्षी पार्टीलाई हल्कारूपमा नलिन सुझाउ राख्दै पार्टी कार्यकर्तारूलाई मैदानमा उत्रिएर चुनाउको प्रचार-प्रसारलाई द्रुत गतिमा अगाडि बढाउन आह्वान गरिन्।

उनले आफ्नो लागि यो कार्य नयाँ भएकाले निकै चुनौतीपूर्ण रहेको उल्लेख गरिन् भने आफु लगायत पार्टी तयार रहेको बताइन्। उनले नाम्ची-सिङ्गिथाङ क्षेत्रमा पार्टीको चुनाउ प्रचार-प्रसारको लागि गणेश राई, सतिशचन्द्र राई र टाँसी तामाङलाई जिम्मावरी सुम्पिॅंदै समिति गठण गर्न निर्देश पनि दिइन्।

उनले पार्टी कार्यकर्ताहरूलाई व्याक्तिगत रूपमा नभएर पार्टीगत रूपमा अघि बड्नु पर्ने आह्वान गरिन्। उनले पार्टी कार्यकर्ताहरूलाई गरिबको सुनवाई गर्न र अनुशासनमा रहन अनुरोध पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement