गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको गान्तोकका उम्मेदवार पिञ्चो छोपेल लेप्चा र लोकसभा उम्मेदवार पीडी राईले आज देखि राजधानीमा आफ्नो चुनाउ प्रचार शुरू गरेका छन्।
उम्मेदवारहरूले राजधानीको एमजी मार्गका दोकानहरूको भ्रमण गर्दै भोटको निम्ति अपील गरे।
गान्तोकका उम्मेदवार लेप्चाले पत्रकारहरूसित कुराकानी गर्दै राज्यका मानिसहरू अहिले डरको माहोलमा बॉंचिरहेका छन् भने। उनले आफुहरू सरकारको आएको खण्डमा सबैभन्दा पहिला शान्ति सुनिश्चित गर्न काम गर्ने बताए। उनले राजधानी गान्तोकलाई पनि सबैभन्दा सुरक्षित ठाउॅंमा परिणत गर्ने बताए।
उनले गान्तोकमा पानी, बिजुली, ट्राफिक, पार्किङ आदि समस्याहरू रहेका छन् भन्दै यी विषयहरूलाई सम्बोधन गर्नु आवश्यक रहेको बताए। उनले गान्तोक जस्तो हिल स्टेशनमा १४ तले भवनको कुनै आवश्यकता थिएन भन्दै यसले साना-साना व्यापारहरू प्रभावित बन्ने बताए।
यसैगरी, लोकसभा उम्मेदवार राईले यसपालीको चुनाउमा सिक्किमका जनताले एसडीएफ पार्टीलाई फेरि सत्तमा फर्काइल्याउने मन बनाएको दाबी गरे।