गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सानोर चोत्सोङ साक्या गुम्बामा आयोजित प्रार्थना केन्द्रको उद्घाटन समारोहमा भाग लिए। गुम्बाको प्रार्थना गृह सोगचेन सुङलाखाङको उद्घाटन समारोहमा परम पावन साक्या गोङमा त्रीचेन दोर्जेचाङ रिम्पोचेको पनि विशेष उपस्थिति रहेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि परमपावन रिम्पोचेले संयुक्त रुपमा प्रार्थनागृहको मुलद्वारमा लगाइएको पर्दा हटाएर गृहको उद्घाटन गरे। कार्यक्रममा परमपावन रिम्पोचेले उपस्थित सृद्धालुहरूलाई आशिरवचन पनि राखे भने मुख्यमन्त्री प्रेमसिंह तामाङले परमपावनबाट आशिर्वाद गृहण गर्दै पुजा अर्चनामा भाग लिए।










