राज्यपाल र मुख्यमन्त्रीले दिए गुड फ्राइडेको शुभाकमना

photocollage_2024329235020867.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुड फ्राइडे साथै इस्टरको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। विशेष गरेर राज्यपालले राज्यमा बसोबासो गर्ने इसाही समुदायलाई शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा राज्यपालले प्रभु यीशु मसिहको प्रेम, करूणा अनि वलिदानको कदर स्मरण गराएको र यसले मानव जातिलाई कल्याणको निम्ति प्रेरित गरेको आफ्नो सन्देशमा उल्लेख गरेका छन्। गुड फ्राइडेको यस पवित्र अवसरमा भाइचारा र शान्तिलाई बढावा दिनको निम्ति सबैले संकल्प लिनुपर्ने साथै सबैले एक भएर समाजलाई अझ मजबुत बनाउनमा सबैले योगदान दिनुपर्ने उनले आग्रह गरेका छन्। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि गुड फ्राइडेको शुभअवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। विशेष गरेर उनले राज्यका इसाही समुदायलाई यस पवित्र अवसरमा शुभकामना व्यक्त गरेका छन्। गड फ्राइडे मानव जातीको बीचमा भाइचारा अनि प्रेमलाई मजबुत बनाउँदै प्रभु यीशुद्वारा गरिएको निस्वार्थ वलिदानको प्रमाण हो।प्रभु यीशुले धैर्य, सहिष्णुता र क्षमाको शाश्वत मूल्यमान्यताले हाम्रो मार्गलाई उज्यालो बनाए र आजको संसारमा धर्म, जात, सम्प्रदायको पर्वाह नगरी क्षमा, दया र भ्रातृत्व भन्दा ठूलो पाठ अरू केही नरहेको मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement