गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको दरामदिन समष्टिका उम्मेदवार मिङ्मानर्बु शेर्पाले आफ्नो चुनावी प्रचार तेज गरेका छन्। आज उनलाई क्षेत्रवाशीले राङगङ्ग पुलमा भव्य स्वागत जनाए। हिज नामंकन पत्र जाँचमा योग्य ठहरिएपछि आजदेखि क्षेत्रमा उनले चुनावी प्रचार तेज गरेका हुन्। सैयौं गाड़ीको ताँत सहित उनले क्षेत्रको विभिन्न गुम्पा, मन्दिर अनि चर्चहरूमा पुगेर पूजा अर्चना गरेर चुनावमा जीतकोको निम्ति प्रार्थना गरे। उनले आफ्नो निजी बासस्थानमा पुगेर आफ्ना समर्थक अनि क्षेत्रवासीलाई सम्बोधन गरे। आफ्नो सम्बेधनको क्रममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले आफूमाथि विश्वास गरेर फेरि क्षेत्रलाई प्रतिनिधित्व गर्नको निम्ति टीकट दिएकोमा आभार व्यक्त गरे। चुनाउमा विजयी बनेर फेरि जनताको निम्ति अनेकौं कार्यहरू गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।










