गेजिङ: पार्टी उम्मेदवारहरुको नामङ्कन छानबिन प्रक्रिया पछि आजबाट चुनावी सभा र घरदैलो कार्यक्रम ब्यस्त हुन थालेको छ। मानेबुङ – देन्ताम समष्टिमा एसकेएम पार्टीका उम्मेदवार सुदेश कुमार सुब्बाको अध्यक्षता पहिलो चुनावी समन्वय सभा सम्पन्न भयो। गेजिङ जिल्लाका चारै समष्टिमा विभिन्न पार्टीका उम्मेदवारहरु चुनाव प्रचारमा ब्यस्त देखिन थालेका छन्। एसकेएम पार्टीका उम्मेदवार सुदेश कुमार लिम्बूको निवासमा हि-गाउँमा पार्टीको समन्वय सभा सम्पन्न भयो। लिम्बुबले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीबाट टिकट पाएर नामाङकन दर्ता गरेको हो। आगामी चुनावलाई ध्यानमा राख्दै डाकिएको उक्त सभामा विभिन्न बुँदालाई लिएर चर्चा परिचर्चा गरिएको थियो। पछिबाट लिम्बूले समष्टिका उपस्थित जनभेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रेमसिँह तामाङले आफूलाई भरोसा गरेर मानेबुङ देन्तामको निम्ति उम्मेदवार बन्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। उनले क्षेत्र छिमेकी राष्ट्र नेपालको नजिक भएकाले छिमेकी राष्ट्र नेपालसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउने अठोट गर्दै दुई देशबिच ब्यापारिक सम्बन्धपनि स्थापित हुने बताएका छन्। मानेबुङ सोपाखा जिपियुमा उत्कृष्ट ठाउँको छनौट गरि हजार करोडको विभिन्न पूर्वाधारहरुको निर्माण गरिने आश्वासन दिए।










