मियामी ओपनःबोपन्ना-एबडेनको जोड़ी फाइनलमा

IMG-20240329-WA0312.jpg

मियामी (अमेरिका): भारतका अनुभवी टेनिस खेलाड़ी रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीले मार्केल ग्रानोलर्स र होरासियो जेबालोसको जोड़ीलाई पराजित गरी मियामी ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगल स्पर्धाको फाइनलमा स्थान बनायो। बोपन्ना र एबडेनको जोड़ीले यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको खिताब जितेको थियो। यस जोड़ीले सेमिफाइनलमा स्पेनका ग्रानोलर्स र अर्जेण्टिनाका जेबालोसको जोड़ीलाई सजिलैसँग ६-१, ६-४-ले पराजित गऱ्यो। सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा ऐतिहासिक जीतपछि ४४ वर्षीय बोपन्ना एटीपी पुरुष युगल ऱ्याङकिंगको शीर्षमा पुगेका थिए। यस उपलब्धिसम्म पुग्ने उनी विश्वका सबैभन्दा अधिक उमेरका खेलाड़ी थिए। त्यसपछि दुबई च्याम्पियनशीपको क्वार्टर फाइनल र इण्डियन वेल्सको शुरुवाती चरणमै पराजित भएपछि चाहिँ यो जोड़ी झरेर दोस्रो स्थानमा पुगेको थियो। अब मियामी ओपनमा असल प्रदर्शन गरेर बोपन्नासँग फेरि शीर्षमा पुग्ने मौका हुनेछ। बोपन्ना र एबडेनको जोड़ीले फाइनलमा क्रोएशियाका इवान डोडिग र अमेरिकाका अस्टिन क्राजिकेकको जोड़ी विरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement