नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच धेरै विषयमा छलफल भएको छ। यो छलफलको मुख्य विषय प्राविधिक थियो। यस बाहेक शिक्षा, स्वास्थ्य र कृषि पनि यस छलफलमा मुख्य विषय थियो। भारतमा भएको जी-२० शिखर सम्मेलनको सन्दर्भमा प्रधानमन्त्री मोदीले भने, ‘कार्यक्रम हुनुअघि हामीले यसबारे व्यापक चर्चा गरेका थियौं जसको सुखद परिणाम आएको छ।‘ उनले शिखर सम्मेलनमा धेरै फेरबदल आएको बताए। प्रधानमन्त्रीका अनुसार अहिले भारत जी-२० मूल उद्देश्यसँग गठबन्धन भएको छ, यी उद्देश्यहरूलाई मूलधारमा ल्याइँदैछ। यस चर्चाका क्रममा प्रधानमन्त्री मोदीले एआईलाई बिना तालिम कसैलाई हस्तान्तरण गर्दा यसको दुरुपयोगको सम्भावना बढेको बताए। प्रधानमन्त्रीले एआई उत्पन्न सामग्रीमा स्पष्ट वाटरमार्कबाट शुरु गर्न सुझाव दिए। ताकि कसैले दुरुपयोग गर्न नपाओस्। उनले भारत जस्तो लोकतान्त्रिक देशमा जोसुकैले पनि डिपफेक प्रयोग गर्नसक्ने बताए। आलस्यका कारण एआईमा भर पर्दै हुनुहुन्छ भने त्यो गलत भएको उनले बताए। उनले अब एआईलाई अगाडि बढाएर च्याट जीपीटीसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए। जवाफमा, बिल गेट्सले भने, ‘यो एआईको शुरुवाती दिन हो। जुन कुरालाई तपाईंले गाह्रो ठान्नु हुन्छ, त्यसले सजिलो बनाउँछ तर जसलाई तपाईंले सजिलो ठान्नु हुन्छ, त्यो त्यहाँ असफल हुन्छ।