एसएसबीद्वारा दुई ठाउँमा छापा मारेर ब्राउन सुगरसहित तीन जना पक्राउ

प्रतीकात्मक तस्वीर

सिलगढी: एसएसबीले एकै रातमा दुई ठाउँमा छापा मारेर ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। दुवै घटनामा एसएसबीले २९६ ग्राम ब्राउन सुगरसहित तीन युवालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको नाम सुरै हंस्दा (३३), भैया मुर्मु (२२) र २८ वर्षीय जितेश शेर्पा बताइएको छन्। हिजो राति एसएसबीको ४१औं गणका जवानले भारत–नेपालको खैरमानी जोतस्थित खोरीबारीमा छापा मारेका थिए। सीमामा शंकास्पद दुई युवालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट २०० ग्राम ब्राउन सुगर बरामद भएको छ। अर्कोतर्फ दूधगेट क्षेत्रबाट ९६ ग्राम ब्राउन सुगर बरामद भएको छ। एसएसबीले यहाँबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै युवालाई एसएसबीले खरीबारी पुलिस चौकीमा लगेको छ। पक्रा परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement