अध्यक्ष मोहन घिसिङको उपस्थितिमा दार्जीलिङमा गोरामुमो केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20240329-WA0298.jpg

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको सभा आज केन्द्रीय कार्यालय दार्जीलिङमा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा सम्पन्न भएको सभालाई केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्रीले सञ्चालन गरेका थिए। विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा, केन्द्रीय समिति उपाध्यक्ष पीसी अग्रवाल, किशोर गुरुङ, मौरिस कालिकोटे, केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापा, सेक्रेटरी जनरल दावा शेर्पा, सह- सेक्रेटरी जनरल सचित गहतराज, केन्द्रीय समिति प्रवक्ता वाई लामा, दार्जीलिङ ब्राञ्च कमिटी अदालत एमजी सुब्बा, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, खरसाङ ब्राञ्च कमिटी सचिव युद्ध छेत्री लगायत केन्द्रीय समितिका सम्पूर्ण सदस्यगण उपस्थित रहेको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रीय प्रवक्ता वाई लामाले भने, आजको केन्द्रीय समितिको बैठकमा सांसद राजु विष्टले दोस्रो पटक टिकट पाएकोमा केन्द्रीय समितिको तर्फबाट बधाई अनि शुभकामना व्यक्त गर्दछौं। राजु विष्टले टिकट पाउनु भनेको हाम्रो मुद्दा पार लगाउनु हो। गोर्खाहरुको मुद्दाको निम्ति राजु विष्टले धेरै कार्य गरिसकेका छन्। अब पार लगाउनुको निम्ति सबै गोर्खा जातिले राजु विष्टलाई भारीमतले जिताउनु तपाईं हामी सबैको जिम्मेवारी हो। गोपाल लामाले जित्नु भनेको हाम्रो मुद्दामा सदाको निम्ति ताला लाग्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको समस्याको समाधान नजिक रहेको भनी सक्नु भएको छ। त्यो वहाँको आधिकारिक बयान हो अब हामी नजिक छौँ। राजु विष्टलाई जिताउनु भनेको केवल सांसद बनाएर पठाउनु मात्र होइन तर गोर्खा जातिको मुद्दा पार लगाउनु हो। यसैकारण सम्पूर्ण गोर्खा जाति एक भएर अब जातिको मुद्दालाई फत्ते गरौं भनी वाई लामाले अपिल समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement