टीएमसीका उम्मेदवार प्रकाश चिक बराइकद्वारा ढोल धम्साको धुनमा आदिवासी नृत्य मार्फत प्रचार

Screenshot_20240329_170314_WhatsApp

अलिपुरद्वार: अलिपुरद्वार लोकसभा सीटका तृणमूल उम्मेदवार प्रकाश चिक बराइकले आज मंदार, ढोल धम्साको धुनमा आदिवासी नृत्य मार्फत प्रचार गरे। तृणमूलका उम्मेदवार प्रकाश चिक बराइकले शुक्रबार बिहान डुवर्सको अलिपुरद्वार जिल्लाको भुटान सीमामा रहेको न्यूल्यान्ड्स चिया बगानबाट आफ्नो अभियान शुरु गरे। उनले त्यहाँको चियाबारीमा धम्सा, मदल र आदिवासी नाचबाट चुनावी अभियान शुरु गरे। त्यसअघि तृणमूलका उम्मेदवार प्रकाश चिक बडाइकले तृणमूल कार्यकर्ताहरूसँग मन्दिरमा पूजा गरे र त्यसपछि कुमारग्राम विधानसभाको न्युल्यान्ड्स चिया बगान, सांकोस चिया बगान, कुमारग्राम चिया बगान लगायतका विभिन्न क्षेत्रमा चुनावी अभियान थाले। उनले चियाबारीमा काम गर्ने मजदुरहरुको बीचमा गएर आफ्नो लागि भोट मागे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement