सोनादा: सोनदादेखि ईम्टक (पूलटार) बेकारी युवाहरूको पहलमा सोनादा भेल्ली पीडब्ल्युडी वेलफेयर संगठन गठन गरिएको जानकारी प्राप्त भएको छ। उक्त संगठनको मुख्य उद्देश्य सोनादा भेल्लीका बेरोजगार, शिक्षित युवाले नै रोजगार पावोस् भन्ने हेतुले संगठन गठन गरिएको जनाइएको छ।आगामी लोकसभा चुनाव प्रार्थी गोपाल लामालाई यस संगठनबाट पूर्ण सहयोग गर्ने कटिबद्ध गरिएको पनि जानकारी गराइएको छ। उक्त सोनादा भेल्ली पीडब्ल्युडी वेलफेयर संगठनमा सभापति राजेस राई, उप सभापति विकास कार्की, सचिव भाईचुङ तामाङ, सह सचिव दर्पण थापा र अरबिन्द खालिङ, कोषध्यक्ष बिरेन राई र सह कोषाध्यक्ष चन्दन सुब्बा आदि चयन गरिएको जानकारी प्राप्त भएको छ।










