दुष्कर्मको आरोपमा बाबु पक्राउ

Child-Sexual-Abuse-Rep-Image-A-copy-1

सिलगढी: आफ्नै छोरीलाई दुष्कर्म गरेको आरोपमा कलियुगी बाबुलाई पुलिसले पक्राउ गरेको छ। यस घटनाआ कारण बागडोग्रा पुलिस थाना क्षेत्रमा सनसनी मच्चिएको छ। १२ वर्षीया बालिकालाई जबरजस्ती दुष्कर्म गरेको आरोपमा बाबुलाई स्थानीयले कुटपिट गरेका छन्। आरोपित बाबुले छोरीलाई एकभन्दा बढी पटक दुष्कर्म गरेको गरेको समाचार छ। स्थानीय स्रोतका अनुसार बालिकाकी आमालाई पनि यो कुरा थाहा थियो। आमाले उनलाई धेरै पटक रोक्ने कोशिश गरे पनि सफल भइनन्। दुष्कर्म पछि ५० वर्षीय बाबुले पनि धम्की दिएको भनाइ छ। छोरीलाई विभिन्न तरिकाले यातना दिने गरेको आरोप छ। बाबुले छोरीसँग फेरि दुष्कर्म गर्न खोज्दा शुक्रबार उनको धैर्यता टुट्दा उनी चिच्याउन थालेपछि स्थानीयले दौडेर अभियुक्तलाई पुलिस समक्ष बुझाए। पुलिसले पक्राउ गरेर आरोपी बाबु विरुद्ध पोक्सो कानून अन्तर्गत मुद्दा दर्ता गरी सिलगढी अदालतमा पठाएको छl  सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement