सिलगढी: भाजपाका उम्मेदवार राजु बिष्ट केन्द्रीय नेतृत्वको आह्वानमा शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका छन्। उनले केन्द्रीय नेतृत्वको आह्वानमा महत्वपूर्ण कामका लागि दिल्ली जाँदै गरेको बताए। सो क्रममा उनले कांग्रेसमाथि प्रहार गर्दै पहाडका जनता साथमा रहेको बताए। दार्जीलिङका भाजपाका उम्मेदवार राजु बिष्टले चुनावमा फेरि ठूलो बहुमतले जित्ने दाबी गरेका छन्। तर कञ्चनजङ्घाको मौसम जस्तै दार्जीलिङ पहाडको राजनीतिक माहौल पनि दिनानुदिन बदलिरहेको छ। २०१९ को लोकसभा चुनावमा राजु विष्ट विजयी भए पनि यसपटक भारतीय गोर्खा गोरखा प्रजातान्त्रिक मोर्चा, हाम्रो पार्टी वा कांग्रेससित भाजपाका उम्मेदवारले प्रतिष्पर्धा गर्नुपर्ने छ। यो चुनावमा दार्जीलिङ चुनावी द्वन्द्व निकै रोचक बनेको छ।










