पूर्वी नेपालको बराह क्षेत्रमा  कुम्भमेला लाग्ने

IMG-20240329-WA0003

काठमाडौं:  पूर्वीनेपाल स्थित सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित चतराधाममा आउँदो महीना ९ अप्रेलदेखि १० मईसम्म आयोजना हुने महाकुम्भ  मेलामा ३० लाख पर्यटक भित्र्याउने आयोजकले लक्ष्य लिएको छ। आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको जानकारी दिए । कुम्भमेला प्रारम्भ हुनु पाँच दिन अघिदेखि मेला सम्पन्न भएको पाँच दिन पछिसम्म चतरा बजार क्षेत्रमा रक्सी र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए।

उनले भने, ‘१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ।उनले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म होमस्टेका रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताए। बराह क्षेत्रमा  २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो। यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ। सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको   छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *