(कविता) ‘प्रेमको रंग’ 

Untitled-1-copy-3
देवेन्द्र किशोर ढुङ्गाना  
झापा जिल्ला, नेपाल

प्रेमको रंग  हर एक

 रंग भन्दा गाडा छ,

जसले लगाउने छ 

उ सुन्दर देखिने छ।

चन्चल दिल छ यो 

ज़माना नभएर के हो ,

लगाएर मनमा आश 

हर पल  रंगीन छ।

प्यारको रंग हो जो

 दिलमा यो उतार्नु छ

चन्द्रमा पनि फीका छ 

जो नशा नशामा छ

प्यार नहुन्थ्यो त यी रंग 

सबै हुँन्थे फीका ,

प्यार बिना दुनियाँमा 

कहाँ रमाइलो छ।

प्यार न हुन्थ्यो त यहाँ,

आउँदैन्थ्यो बहार

 कहीं हाँसो कही रोदन

 यहाँको यही रित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement