दोहा डायमण्ड लीगको साथ सत्रको शुरुवात गर्न तयार नीरज चोपड़ा

IMG-20240329-WA0196.jpg

नयाँ दिल्ली: वर्तमान ओलम्पिक र वर्ल्ड च्याम्पियन ज्याभलिन थ्रो खेलाड़ी नीरज चोपड़ाले १० मईमा दिग्गज खेलाड़ीहरूबीच प्रतिष्ठित डायमण्ड लीग सीरीजको दोहा चरणको साथ आफ्नो सत्रको शुरुवात गर्नेछन्। छब्बीस वर्षीय चोपड़ाले गत सत्रको समापन चीनको हांगझोऊमा एशियन गेम्समा स्वर्ण पदकको साथ गरेका थिए। यस साल उनको प्रमुख लक्ष्य पेरिस ओलम्पिकमा आफ्नो स्वर्ण पदक बचाउने हुनेछ। चोपड़ाको साथमा अन्य एक भारतीय खेलाड़ी किशोर जेनाले पनि कतरको राजधानी हुने डायमण्ड लीग चरणमा पदार्पण गर्नेछन्। जेना २०२३ बुडापेस्ट वर्ल्ड च्याम्पियनशीपमा पाँचौं स्थानमा रहेका थिए अनि उनले हांगझोऊ एशियन गेम्समा ८७.५४ मीटरको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शनको साथ रजत पदक जितेका थिए। यसपाली दोहामा नीरजको भिड़न्त चेक रिपब्लिकका जेकब वडलेज्च र ग्रेनेडाका पूर्व वर्ल्ड च्याम्पियन एण्डरसन पीटर्स जस्ता दिग्गजहरूसँग हुनेछ। वडलेज्चले टोक्यो ओलम्पिकमा रजत र २०२३ वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए।
नीरजले भने, यस साल मेरो व्यक्तिगत लक्ष्य ओलम्पिकमा खिताब रक्षा गर्नु रहेको छ। यसको साथमा ९० मीटरको वाधा पार गर्न सके सुनमा सुगन्ध हुनेछ। दोहा चरणमा असल परिस्थिति र माहोलबीच सत्रको शुरुवात गर्ने असल मौका रहनेछ। नीरजको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटर रहेको छ। दोहा मीट २०२४ डायमण्ड लीग सीरीजको तेस्रो चरण हो। डायमण्ड लीग ४ अलग-अलग महाद्वीपहरूमा जम्मा १५ वटा चरणमा आयोजित हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement