राफ्ट कस्मिक ईभी-द्वारा इनोभेटिभ इलेक्ट्रिक स्कूटरको लञ्च

IMG-20240329-WA0101.jpg

काेलकत्ता: इलेक्ट्रिक वाहन (ईभई) उद्योगको अग्रणी राफ्ट कस्मिक ईभी-ले बिहीबार बजारमा आफ्नो अत्याधुनिक ईभी स्कूटी लञ्च गऱ्यो। यसअन्तर्गत अटोमोटिभ परिदृष्यलाई पुन: परिभाषित गर्न चार असाधारण ईभई मोडलहरू लञ्च गरियो। प्रत्येक मोडल अलग चरित्रको प्रतीक हो। राफ्ट कस्मिक ईभी वारियर (स्ट्रीट फाइटर), शहरी जंगलका लागि बनाइएको लचिलोपन र शक्तिको प्रतीक हो। राफ्ट कस्मिक ईभी इण्डस (रेञ्ज किंग) रेञ्ज दक्षतामा नयाँ मानक स्थापित गर्दै लामो यात्राहरूको लागि हो। राफ्ट कस्मिक ईभी म्यागनेटिक (क्लास र सरलता) सरलताको साथ परिष्कारको सहज मिश्रण हो। राफ्ट कस्मिक ईभी जान्स्कर (मकुटको रत्न) वैभव र प्रतिष्ठाको सञ्चार गर्दै यो मोडल विलासिता र प्रदर्शनको प्रतीक हो।
लञ्च कार्यक्रममा प्रमुख अतिथिको रूपमा कस्मिक ईभी लिमिटेड र कस्मिक बिड़ला ग्रुपका अध्यक्ष तथा प्रबन्ध निदेशक आदित्य विक्रम बिड़ला उपस्थित थिए। यसरी अन्य अतिथिहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जितेन्द्र कोचर, मुख्य परिचालन अधिकारी (सीओओ) वेदान्त मिमानी, मुख्य उत्पाद अधिकारी (सीपीओ) कुशाल चौधरी, मुख्य विपणन अधिकारी (सीएमओ) राजीव शिशिर नागर, मुख्य प्रौद्योगिकी अधिकारी (सीटीओ) कुमार सुदर्शन र विपणन प्रमुख (एमएच) आदित्यविक्रम मालूको उपस्थिति रहेको थियो। नील भट्टाचार्य र प्रियंका भट्टाचार्य जस्ता विशेष अतिथिहरूको साथमा कार्यक्रममा ग्ल्यामरको स्पर्श जोड़ियो।
कार्यक्रम दिउँसो १ बजी शुरु भयो । त्यसपछि सीईओ जितेन्द्र कोचरले ईभी लाइनअपको अनावरणको लागि स्टेज सेट गर्दै आकर्षक परिचय दिए। प्रत्येक वाहनलाई यसको अद्वितीय विशेषताहरू र ईभी उद्योगमा योगदानलाई हाइलाइट गर्दै विस्तृत विवरण प्रस्तुत गरियो।
आफ्नो सम्बोधनमा कस्मिक ईभी लिमिटेड र कस्मिक बिड़ला ग्रुपका अध्यक्ष तथा प्रबन्ध निदेशक आदित्य विक्रम बिड़लाले गरे, “आजको दिन संघारणीय गतिशीलताको क्षेत्रमा एउटा महत्त्वपूर्ण माईलखुट्टी हो। राफ्ट कस्मिक ईभी-को नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पण साँच्चै प्रशंसनीय छ। यी उल्लेखनीय इलेक्ट्रिक वाहनहरूले अटोमोटिभ उद्योगलाई मात्र रूपान्तरण नगरेर आगामी पुस्ताका लागि हरित भविष्य निर्माण गर्न पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विषयमा म आश्वस्त छु। हाम्रो यो प्रयास पृथ्वीलाई स्वस्थ बनाउने मेरो सानो कदम हो।” कार्यक्रम उत्साह र आशावादका साथ सम्पन्न भयो, जसले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक रोमाञ्चक अध्यायको शुरुवात गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *