परमपावन ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचे अनि राज्यपाल लक्ष्मण प्रसाद आचार्यमाझ शिष्टचार भेट

IMG-20240328-WA0322.jpg

गान्तोक: परमपावन ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचेले आज राज भवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग शिष्टचार भेट गरे। राज्यपाल लक्ष्मणप्रसाद आचार्यले परमपावन ४१औं शाक्य गोङ्मा त्रीचेन दोर्जी छाङ रिम्पोचेबाट आशिर्वाद ग्रहण गर्दै लामो समयसँग बातचित गरे। पारमपावन रिम्पोचेले राजभवन परिसरमा भगवान बुद्धप्रति पुजा अर्चना गरे जसमा राज्यपालले पनि सामेल रहेका थिए। यो अवधि ग्योल्मो छेन्मो, डाग्मो काल्देन ला, खान्पो अनि गान्तोक, देहरादुन अनि कालेबुङ शाक्य केन्द्रका लामाहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement