गान्तोक: आज कञ्चनजंगा राज्य विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह भव्यताको साथमा पालन गऱ्यो। उक्त कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मणप्रसाद आचार्य मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सोही प्रकारले समारोहमा कुलपति, अध्यक्ष लखोटिया, शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ, विश्वविद्यालयका उपकूलपति आशिष शर्मा लगायत अन्यहरूको पनि विशेष उपस्थिति रहेको थियो। मुख्य अतिथि राज्यपालको बाहुलीबाट ४३ जनालाई प्रमाण पत्र साथै संस्कृत अनि नेपाली विषयमा स्वर्ण, कांस्य अनि रजत पदक प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले आफ्नो मेहनतको फल प्राप्त गरेर दीक्षान्त बनेका सबै विद्यार्थीहरूलाई बधाई साथै भावी दिनहरूको निम्ति शुभकामना दिए। यसका साथै विश्वविद्यालयले शिक्षाको क्षेत्रमा पुऱ्याएको योगदानको पनि उनले प्रशंसा गरे। भारतको शिक्षण व्यवस्थालाई समयसापेक्ष बनाउनको निम्ति राष्ट्रिय शिक्षा नीति २०२० को धेरै महत्वपूर्ण भूमिका रहेको पनि उनले आप्नो सन्देशमा बताए। आज दीक्षान्त बनेका विद्यार्थीहरूलाई समाज र राष्ट्र निर्माणमा धेरै दायित्व निर्वाह गर्न पनि सबैलाई आह्वान गरे।